Skip to main content

Posts

Showing posts from July, 2011

नव नायिका रुपा खनाल

पछिल्लो समय नेपाली चलचित्रमा नव नायिकाको आगमन ब्यापक बढेको छ । यसैक्रममा चलचित्र दशगजा बाट रुपा खनालले नव नायिकाको रुपमा नेपाली सिनेबृत्तमा डेब्यू गरेकी छिन । जेटिएको अध्ययन पुरा गरेर उनी कृषि सेवामा लागिनन् । बरु सिनेमाको रंगिन दुनियाँमा आईन । चलचित्र दशगजामा नेपाली चेलीले मुम्बईमा भोगेको पीडालाई उनले दर्दनाक रुपमा प्रस्तुत गरेकी छिन् । म नेपाली चेली हुँ यो नर्कबाट मुक्त भएर नेपाली भूमिमा मर्न चाहन्छु । ९ बैशाखबाट रिलिज हुन लागेको दशगजामा उनले बोलेको यो संवाद र गरेको अभिनय साच्चै दर्दनाक छ । उनीद्धारा अभिनित दोस्रो चलचित्र श्रीमान पनि नयाँ वर्षकै अवसर पारेर रिलिज गरिदैछ । जसमा उनी मुख्य भूमिकामा छिन् । श्रीमानमा अहिलेका धनाढ्य पुरुषको शौखिन श्रीमतीको भूमिका उनले निर्वाह गरेकी छिन् । नेपाली सिनेमा समय अनुसार परिवर्तन हुने पनि यी नायिकाको मान्यता छ । दिनेश कार्कीद्धारा निर्देशित नयाँ चलचित्र सन्त्रासको छायांकनलागी नेपालगन्ज जाने तयारीमा रहेकी रुपाले भनिन-भोली सुटिङ्ग छ । आज सपिङ्ग गर्नुछ । बाबु बलामीद्धारा निर्मित निर्देशित नयाँ चलचित्रमा समेत काम गर्न लागेकी उनी नेपाली चलचित्रमा स्...

आइलभयू भन्नेहरु धेरै - सँगम राई

‘सुन सुन सासु, आँखाभरी आँसु, मम चिकेन मासु, मैले पनि खाछु…’ उनी हरेक पटक यो र्‍याप गीत गाउँछिन् । अनी र्‍याप शैली मै बोलेर दर्शकलाई हसाउँछिन् । हाँस्य टेलीसिरिलय झयाईँकुटी-झयाईँकी हाँस्य अभिनेत्री लभ्लीलाई सबैले र्‍यापर आर्टिस्टको रुपमा चिन्छन् । झयाईँकुटी झयाँईकी लभ्लीको बास्तबिक नाम भने सँगम राई हो । उदयपुर, गाईघाटकी सँगमले आफ्नो फिल्मी करिअर भोजपुरी सिनेमाबाट गरेकी हुन् । उनकी आमाको पट्नामा फिल्म निर्माण कम्पनी छ । त्यसैले उनलाई भोजपुरी फिल्ममा नायिका बन्न गाह्रो भएन । लभ्ली चलचित्र मार्फत पृथक रोलमा प्रस्तुत हुने दाउमा छिन् । उनलाई आइलभयू भन्नेहरु धेरै छन् । त्यस्तालाई मुखले आईलभयू टु भनेपनि प्रेम भने आफैंलाई गर्ने गरेको पनि सँगमले स्पष्ट पारिन् । भविष्यमा आफ्नै लगानीमा फिल्म बनाउने सपना साँचेकीसँगम राई तेक्वान्दोको ब्लाक बेल्ट हुन् । आधा दर्जन निर्देशकको म्युजिक भिडियो खेलीसकेकी लभ्लीको एउटै सपना छ । त्यो हो नेपाली फिल्मको सफल नायिका बनेरै छाड्ने ।

सिनेमामा काम गर्दा कसैसँग मन मिलेर शारीरिक सम्बन्ध हुनु फरक कुरा हो - अपेक्षा सिग्देल

गोलो मुहार । कोरियन कट हेयर स्टाईल । अनि जिरो फिगरको जिउडाल । नवोदित नायिका अपेक्षा सिग्देलको परिचय हो यो । सिन्धुपाल्चोक बाँसबारी-८ की यी किशोरी भरखरै १८ औं बसन्तमा यात्रारत छिन् ।  यो उमेरमा मोडलिङ र कलाकारिता दुबैमा अगाडि बढ्दै छिन् उनी । गायिका सोनिका लामाको त्यो डाँडाबाट नहेर कान्छा...गीतको म्युजिक भिडियाबाट गत वर्ष उनले मोडलिङमा डेब्यु गरेकी हुन् । यो एक वर्षमा अपेक्षा टेली फिल्म उज्यालो बाटो, साईनो कस्तो कस्तोकी नायिका बनिन् । सानो पर्दाबाट फड्को मारि सकेकी छिन यी किशोरीले । राम जनक निर्देशित चलचित्र 'तिमी बिना म बाँच्न सक्दिन'मा मुख्य नायिकाको रुपमा अब चाँडै यिनलाई देख्न पाईन्छ । चलचित्रमा अभियन गराईदिने नाममा यौन शोषण गरिने कथा नसुनेकी हैनन् अपेक्षाले । त्यसलाई शारीरिक शोषणको दर्जा दिँदै भन्छिन्,'सिनेमामा काम गर्दा कसैसँग मन मिलेर सम्बन्ध हुनु फरक कुरा हो । तर नायिका बनाउँछु भनेर यौन शोषण गर्नु राम्रो हैन ।' जसलाई रोज्छु, उहीसँग जीवन बिताउँछु भन्छिन अपेक्षा ।