सिनेमामा काम गर्दा कसैसँग मन मिलेर शारीरिक सम्बन्ध हुनु फरक कुरा हो - अपेक्षा सिग्देल

गोलो मुहार । कोरियन कट हेयर स्टाईल । अनि जिरो फिगरको जिउडाल । नवोदित नायिका अपेक्षा सिग्देलको परिचय हो यो । सिन्धुपाल्चोक बाँसबारी-८ की यी किशोरी भरखरै १८ औं बसन्तमा यात्रारत छिन् ।
 यो उमेरमा मोडलिङ र कलाकारिता दुबैमा अगाडि बढ्दै छिन् उनी । गायिका सोनिका लामाको त्यो डाँडाबाट नहेर कान्छा...गीतको म्युजिक भिडियाबाट गत वर्ष उनले मोडलिङमा डेब्यु गरेकी हुन् । यो एक वर्षमा अपेक्षा टेली फिल्म उज्यालो बाटो, साईनो कस्तो कस्तोकी नायिका बनिन् । सानो पर्दाबाट फड्को मारि सकेकी छिन यी किशोरीले । राम जनक निर्देशित चलचित्र 'तिमी बिना म बाँच्न सक्दिन'मा मुख्य नायिकाको रुपमा अब चाँडै यिनलाई देख्न पाईन्छ ।
चलचित्रमा अभियन गराईदिने नाममा यौन शोषण गरिने कथा नसुनेकी हैनन् अपेक्षाले । त्यसलाई शारीरिक शोषणको दर्जा दिँदै भन्छिन्,'सिनेमामा काम गर्दा कसैसँग मन मिलेर सम्बन्ध हुनु फरक कुरा हो । तर नायिका बनाउँछु भनेर यौन शोषण गर्नु राम्रो हैन ।' जसलाई रोज्छु, उहीसँग जीवन बिताउँछु भन्छिन अपेक्षा ।