नव नायिका रुपा खनाल

पछिल्लो समय नेपाली चलचित्रमा नव नायिकाको आगमन ब्यापक बढेको छ । यसैक्रममा चलचित्र दशगजा बाट रुपा खनालले नव नायिकाको रुपमा नेपाली सिनेबृत्तमा डेब्यू गरेकी छिन । जेटिएको अध्ययन पुरा गरेर उनी कृषि सेवामा लागिनन् । बरु सिनेमाको रंगिन दुनियाँमा आईन ।

चलचित्र दशगजामा नेपाली चेलीले मुम्बईमा भोगेको पीडालाई उनले दर्दनाक रुपमा प्रस्तुत गरेकी छिन् । म नेपाली चेली हुँ यो नर्कबाट मुक्त भएर नेपाली भूमिमा मर्न चाहन्छु । ९ बैशाखबाट रिलिज हुन लागेको दशगजामा उनले बोलेको यो संवाद र गरेको अभिनय साच्चै दर्दनाक छ । उनीद्धारा अभिनित दोस्रो चलचित्र श्रीमान पनि नयाँ वर्षकै अवसर पारेर रिलिज गरिदैछ । जसमा उनी मुख्य भूमिकामा छिन् ।

श्रीमानमा अहिलेका धनाढ्य पुरुषको शौखिन श्रीमतीको भूमिका उनले निर्वाह गरेकी छिन् । नेपाली सिनेमा समय अनुसार परिवर्तन हुने पनि यी नायिकाको मान्यता छ । दिनेश कार्कीद्धारा निर्देशित नयाँ चलचित्र सन्त्रासको छायांकनलागी नेपालगन्ज जाने तयारीमा रहेकी रुपाले भनिन-भोली सुटिङ्ग छ । आज सपिङ्ग गर्नुछ । बाबु बलामीद्धारा निर्मित निर्देशित नयाँ चलचित्रमा समेत काम गर्न लागेकी उनी नेपाली चलचित्रमा स्थापित हुँदै छिन् ।