Nepali Model Lashmi Subba | लक्ष्मी सुब्बा

सुन्दर नगरी धरानकी आकर्षक युवती हुन्— लक्ष्मी सुब्बा। सुन्दरतासँगै उनको शिक्षा पनि गाँसिएको छ। धरान उच्च माविमा बीबीए दोस्रो सेमेस्टरमा अध्ययनरत २० वषर्ीया सुब्बाको सुर मोडलिङमा जम्ने छ। बाटोमा हिँड्दा उनीसँग नजर जुधाउनेहरूको कमी हुँदैन। सुब्बा दोस्रो मिस पूर्वाञ्चलकी फस्ट रनर्सअप पनि हुन्।
उनी कोरियोग्राफी पनि गर्छिन्। धरान ६, देशीलाइनकी स्थायी बासिन्दा लक्ष्मीले भर्खरै धरान जेसिस तथा विजयपुर उच्च माविमा सम्पन्न फेसन शोको कोरियोग्राफीरको जिम्मेवारी पनि सम्हालेकी थिइन्। ५ फिट ३ इन्च अग्ली लक्ष्मीको शारीरिक बनोट ३२हृ२४हृ३६ छ।
अहिलेसम्म म्युजिक भिडियोमा काम नगरेकी सुब्बा सेलेक्टेड म्युजिक भिडियोमा मात्र अभिनय गर्ने बताउ ँछिन्। फुर्सदमा फेसन शो र डिजाइनसम्बन्धी ज्ञान लिन मन लाग्छ उनलाई। उनको हालसम्म ब्वाइप|mेन्ड छैनन्। खुलस्त धारणा राख्ने सुब्बा भन्छिन्- 'यौनसम्पर्क त विवाहपछिको कुरा हो नि !'