Nepali Model - विनिता घिमिरे

बिर्तामोड झापाकी २० वर्षिया विनिता घिमिरेले मोडलिङ गर्न थालेको ५ वर्ष भयो। झापामै सम्पन्न एउटा फेसन शोमा क्याटवाक गर्दै उनले यो यात्रा प्रारम्भ गरेकी हुन्। वर्ष २०६५ मा काठमाडौंमा सम्पन्न मिस टिनमा भाग लिएपछि उनको मोडलिङ यात्राले  गति लियो। यो क्रममा विनिताले करिब एक दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिन्। चाउचाउ, हर्बल क्रिम तथा स्वास्थसम्बन्धी जनचेतना जगाउने विज्ञापनमा पनि उनले मोडलिङ गरिन्। ५ फिट ४ इन्च अग्ली विनिताले चलचित्र 'मन परेपछि' मा अभिनय  गर्दै चलचित्रको यात्रासमेत प्रारम्भ गरेकी छिन्। उक्त चलचित्रमा विनिताले नायिकाको बहिनीको भूमिका निर्वाह गरेकी छिन्। यसैबीच तिहारपछि छायांकन प्रारम्भ हुने दीवाकर भट्टराई निर्देशित नयाँ चलचित्र 'मेरो जीवनसाथी' मार्फत विनिता नायिकाका रूपमा  डेब्यू गर्दैछिन्। 'मोडलिङमार्फत आत्मविश्वास बढेको छ, विनिता भन्छिन्— 'चलचित्रमा नायिकाका रूपमा स्थापित हुने कुरामा विश्वस्त छु।' 

Popular Posts